
बीबीसीले गरेको एक अनुसन्धानले नेपालमा गत भदौमा भएको नवयुवाहरूको आन्दोलनका क्रममा घातक गोली प्रहार गर्ने आदेश तत्कालीन प्रहरीको सर्वोच्च तहका अधिकारीबाट आएको फेला पारेको छ।
भदौ २३ गते प्रदर्शनकारीहरूमाथि गोली प्रहार हुँदा राजधानी काठमाण्डूमा १७ वर्षका विद्यार्थी श्रीयम चौलागाईँलगायत १९ जनाको ज्यान गएको थियो।
उक्त घटनाका क्रममा खिचिएका ४ हजारभन्दा बढी भिडिओ दृश्य तथा तस्बिरहरूको विश्लेषण, प्रहरीको आान्तरिक दस्तावेज, प्रत्यक्षदर्शी तथा पीडित अनि सुरक्षाकर्मीहरूसँगको कुराकानीमा आधारित रहेर ‘बीबीसी आई इन्भेस्टिगेशन’ कार्यक्रमका लागि वृत्तचित्र निर्माता तथा पत्रकार सुबिणा श्रेष्ठले तयार परेको यो रिपोर्ट हेर्नुहोस्।
#BBCNepali #BBCNepaliSewa #GenZProtest #GenZUprising

BREAKING: US base in Saudi Arabia under attack